जनतालाई बाड्ने अनुदान रकम समेत जन प्रतिनिधि आफै खान्छनः उप प्रमुख थापा

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार १४:३२

देवानन्द न्यौपाने,
लम्की , साउन ४

जनता बाट निर्वाचित जनप्रतिनिधीहरुनै संघिय, प्रदेश सरकार बाट निम्न आयस्तर र विपन्न परिवारको आर्थिकस्तर उकास्नका लागि  आएको अनुदान रकम समेत आफै प्रत्येक वर्ष लिने गरेकाले बास्तविक किसानले अझै सम्म पनि अनुदान नपाएको लम्कीचुहा नगरपालिका उप–प्रमुख टिका थापाले बाताइन ।

निम्न आय स्तर भएका कृषकहरुका लागि आएको अनुदान लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधी आफैले  लिने गरेको आरोप उप मेयर थापाले लगाइन् ।
दुग्ध विकास सहकारी संस्था लम्की द्धारा बिहीबार आयोजित किसानहरुलाई दुग्द्य संकलन उपकरण वितरण कार्यक्रममा सो कुरा बताएकी हुन । 
उपप्रमुख थापाले नगरपालिमा कृर्षी तथा पशु कार्यक्रममा आएको अनुदान रकम तथा सामाग्री वितरण गर्दा आफुलाई कहिले जानकारी नदिने गरेको समेत गुनासो गरेकी हुन ।

अनुदान वितरण गर्दा वास्तविक किसानले पाउनुपर्ने तर कम जग्गा जमिन भएका तथा व्यवसाय कृर्षी गर्न इच्छुक किसानलाई समेत अनुदान दिए मात्र  कार्यक्रमले सार्थकता पाउने बताउदै उप प्रमुख थापाले कृर्षी प्रधान देश भनी रहदा अझै सम्म वास्तविक किसानले अनुदान नपाएको बताइन् ।

एक अर्को प्रशंगमा बोल्दै उपमेयर थापाले आफु अनुगमनको संयोजक भएको भएपनी गुणस्तरहिन काम भएको योजनामा पनि नगरपालिकाले बलमिच्याई गरी जबरजस्ती योजना पास गराई रहेको आरोप लगाइन  ।

उपप्र्रमुख थापाले महिलाहरुको शसत्तिकरण लागी क्षमता विकास तथा नेतृत्व विकास सिपमुलक कार्यक्रम समेत सन्चालन गर्ने बताइन  । उनले नगरपालिका बाट अन्य गरेको कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको दुग्ध विकास सहकारी संस्थाले नगरपालिका अन्तरगत रहेका दुध उत्पादक किसानहरुलाई उपकरण वितरण कार्य सम्पन गरेको छ ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकालले कृर्षि र पशुको बजेट नगरपालिकामा नगर केन्द्रित बनाएर राखिएको बताउदै आपति जनाइन । नगरपालिकाले  पहुचका आधारमा अनुदान बजेट विनियोजन भैरहेको बताउदै वडास्तर बाट मापदण्डमा पर्ने सबै किसानले पालैपालो अनुदान पाउनु पर्नेमा जोड दिइन  ।

दुग्द्य विकास संस्थान लम्कीका प्रतिनिधि रामप्रसाद रेग्मीले गुणस्तरीय दुध संकलनको लागि सामग्री बितरण गरेकोमा नगरपालिकालाई धन्यबाद दिदै यसले दुधको शुद्धतामा सहयोग पुग्ने बताए  ।

दुग्द्य विकास संस्थाका निर्बतमान सदस्य मनिष न्यौपानेले पहिलेको तुलनामा यस क्षेत्रमा दुद्य संकलनको मात्रा बढेपछि किसानलाई सहज भएको बताउदै किसानलाई केहि राहात होस भन्ने उद्देश्यका साथ संस्थाले नगरपालिकाको सहकार्यमा सामग्री वितरण गरेको बताउनु भयो । दुध उत्पादक तथा किसान प्रेम बिष्टले मेहनत अनुसारको बजार मुल्य नपाएको बताउदै त्यस तर्फ स्थानिय सरकारको ध्यानजान जरुरी रहेको बताए ।

संस्थाका अध्यक्ष बिष्णु प्रसाद देवकोटाले संस्था एक ब्यक्तिको मात्र नभई सम्पुर्ण किसानहरुको भएकाले संस्थाले गरेका गतिविधिमा सबैको सल्लाहार सुझावको अपेक्षा गरेका थिए  । देवकोटाले सामग्री वितरण संगै किसानलाई पशुपालन र दुध उत्पादनका लागि तालिमको पनी ब्यावस्था गर्ने बताए  ।

संस्थाले लम्कीचुहा नगरपालिकाको १५ लाख अनुदान र पशु पंक्षि निर्देशनालय दिपायलको २ लाख ९१ हजार गरी कुल १७ लाख ९१ हजार बराबरको दुध संकंलनका लागि प्रयोग गरीने मिल्क क्यान, दुध जाच्ने मेशिन, ल्याक्टो मिटर, लिटर र छान्नी समुह मार्फत किसानहरुलाई बितरण गरीएको संस्थाका सचिव इन्द्र देवकोटाले बताए ।

संस्था बाट दुध संकलनको लागि र गुणस्तर नाप्नको लागि उपकरण र सामग्री पाएपछि दुध उत्पादक किसानहरु ह्र्षित भएका छन ।

दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष देवकोटाको सभापतित्वमा शुरु भएको सामाग्री वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिका की उपप्रमुख टिका थापा प्रमुख अतिथी रहेकी थिइन । भने विशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकाल रहेका थिए  । संस्थाका सह सचिव मदन न्यौपाने स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र देवकोटाले गरेका थिए  ।


४ श्रावण २०७६, शनिबार १४:३२ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....