बाल दिवसको अबसरमा टंकी , पंखा र पोषाक

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार १४:१५

धनगढी , भदौ २९
बाल दिवस २०७६ को अवसरमा नेपाल बाल संगठन कैलाली शाखाले धनगढी स्थित आमाको माया छात्रवासलाई खानेपानी ट्याङ्की र पंखा हस्तान्तरण गर्नुका साथै जिल्ला कारागार कैलालीमा रहेका ५ जना बन्दि बालबालिकालाई न्यानो लुगा र खेलौना हस्तान्तरण गरेको छ ।
शाखाले एक हजार लिटर क्षमताको पानी ट्ङ्की र दुई वटा पंखा आमाको माया छात्रवासलाई हस्तान्तरण गरेको हो, भने जिल्ला कारागार कैलालीमा जेलजीवन वेतित गरिरहेका आमाबुबा संग बस्दै आएका ५ जना बालबालिकालाई न्यानो लुगा तथा खेलौना हस्तान्तरण गरिएको नेपाल बाल संगठन कैलाली शाखाका सभापति भुवनेश्वर पन्तले बताए ।
सामाग्री अस्तान्तरण गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बालबालिकाको दैनिकी सहज होस् भन्ने हेतुले सो सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि विभिन्न निकाय संग समन्वय गरी बालबालिकाको जीवन स्तर सुधार गर्न सक्दो सहयोग गर्ने बताए । बाल संगठन कैलालीका सभापति पन्तले यस अघि पनि संगठनले बालबालिकाको हितमा हुने थुप्रै काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए । नेपाल बाल संगठनले बाल दिवस २०७५ का अवसरमा आमाको माया छात्रवासलाई झुल वितरण गरिएको पनि उनले बताए ।


२९ भाद्र २०७६, आईतवार १४:१५ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....