शुक्लाफाँटामा कृषकको दक्षता बढाइदैँ

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार १५:२९

 

दीपेन्द्र बस्नेत
झलारी , साउन ८
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कृषकहरुको दक्षता वृद्धि गरि उत्पादन बढाउन कृषि लक्षित योजना बनाइएको छ ।
आर्थिक उपार्जनका लागि कृषिलाई व्यावसायिक बनाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालू आर्थिक वर्षका लागि ४५ लाख बिनियोजन गरेको छ ।
नगरका कृषकहरुको आर्थिक स्तर उकास्न सघाउने उदेश्य लिएर कृषि क्षेत्रलाई आधुनिक र ब्यबसायिक बनाइ कृषकको आय स्तर उकास्न कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षका लागि शुक्लाफाँटा नगरपालिकाले कृषिमा ३० लाख र पशुपालन तर्फ १५ लाख बजेट बिनियोजन गरेको छ ।
१२ वटा वडामा बिभाजन गरिएको शुक्लाफाँटा नगरपालिकामा कृषि तर्फ मौसमी तथा बेमौसमी तरकारी खेती ,छोटो अवधिमा तयार हुने तरकारी , केरा खेती तर्फ कृषकलाई प्रोत्साहन गरि आर्थिक समृद्धि ल्याउन सघाउने लक्ष लिइएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । यसरीनै पशुपालनमा बाख्रा , भैंसी पालनमा समेत कृषकहरुलाई प्रोत्साहित बनाउने कार्यमा नगरपालिका लागेको नगर प्रमुख ऐरले बताए ।
नगरपालिका भित्रका जनता कृषिमा आधारित भएकाले पनि कृषि क्षेत्रलाई ब्यबसायिक बनाउन नगरपालिकाले बिशेष कार्यक्रम ल्याएको उप प्रमुख शुशिला देवि हमालले बताइन् ।  उनले भनिन्  शुक्लाफाँटालाई तरकारी र केरा खेति पकेट क्षेत्र बनाउने लक्ष्यका साथ नगरपालिकाले कार्य गरेको छ । जनजाति बाहुल्यता भएको यस क्षेत्रमा कृषिलाई सबल बनाएर आर्थिक समृद्धि तर्फ लैजान नगरपालिकाले प्रयास गरेको उप प्रमुख हमालले बताइन् ।
बिगतका वर्षहरु भन्दा यस वर्ष कृषि क्षेत्रलाई बिशेष महत्व दिदै चालू आर्थिक वर्षको बजेटमा समेटेको शुक्लाफाँटा नगरपालिकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न थालेको छ ।
५० प्रतिशत अनुदानमा कृषकहरुलाई धान र गहुँको बीउ बितरण गर्ने योजना नगरपालिकाले अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले बताए ।  धान र गहुँको बीउ उत्पादन , तरकारीको नर्सरी उत्पादनमा कृषकहरुलाई तालिम दिई दक्ष कृषक बनाउने योजना नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । 


८ श्रावण २०७६, बुधबार १५:२९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....